बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता « Khabarhub

बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली स्वदेश फिर्ता


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज (बिहीबार) स्वदेश फर्किएको छ।

कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो।

पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो। टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे।

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो।

बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालले करिब एक साताको तयारी थालेको थियो। कोरोना भाइरसको संक्रमण चार सिनियर खेलाडीमा देखिएपछि आठ नयाँ अनुहारलाई लिएर मुख्य प्रशिक्षक बालगोपाल महर्जन बंगलादेश प्रस्थान गरेका थिए। प्रशिक्षक महर्जनले पनि मुख्य प्रशिक्षक योहान कालिन अनुपस्थिति हुँदा नेपाली टिम सम्हालेका हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ४ : ०७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी