देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ ।

काठमाडौं उपत्यकामा थपिए १,२२९ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।

उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, धनकुटामा १, पाँचथरमा १२, भोजपुरमा १, मोरङमा १ सय २८, संखुवासभामा ९ र सुनसरीमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को धुनषामा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ६५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा ७५, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ८९, सिन्धुलीमा ३, रसुवामा २ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासी पूर्वमा १२, पर्वतमा २, मुस्ताङमा ४, लमजुङमा १२, वागलुङमा १३ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नलवपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४ र रुकुम पश्चिममा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको कञ्चनपुरमा ३, कैलालीमा ५, डडेल्धुरा ४, दार्चुलामा २, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ५ : २४ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा