ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना « Khabarhub

ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमको पेट्रोल ढुवानी गर्दै आएका २ वटा ट्यांकरमा अवैध रुपमा ‘फल्स चेम्बर’ (बाहिरबाट नदेखिने छुट्टै कोठा) बनाएर पेट्रोलियम पदार्थ चोरी भएको तथ्य सार्वजनिक भएको हो ।

‘फल्स चेम्बर’ जडान गरेर पेट्रोल चोरी भएको तथ्य खुलेपछि निगमले  २ वटा ट्याक्करलाई १५ लाख जरिवाना तिराउने भएको छ।

फल्स चेम्बर जडान गरिएका २०-२० हजार लिटर क्षमताका बिर वेताल आर्शिवाद कम्पनी प्रालिका ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरका दुई वटा ट्यांकरलाई निगमको प्रचलित नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए।

ती ट्यांकरले बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने बनाई वेल्डिङ्ग गरी फल्स चेम्बर जडान गरेका थिए।

डिपोमा कार्यरत कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा उक्ता ट्यांकरमा रहेको चेम्बरको स्वीकृत मापदण्ड विपरीत थप अर्को फल्स चेम्बर बनाई जडान गरिएको पाइएको थियो।

उनीहरुले नेपाल आयल निगम बागमती प्रादेशिक डिपोका लागि भारतको बरौनी रिफाइनरी डिपोबाट पेट्रोलको ढुवानी गर्दै आएका थिए ।

उक्त ‘फल्स चेम्बर’मा के कति मात्रामा पेट्रोल चोरी हुने गरेको रहेछ भनेर हेर्न गुणस्तर तथा नापतौल विभागलाई जिम्मा दिएको निगमले जनाएको छ ।

थप कारबाहीका लागि भने निगमले ट्यांकर र त्यसका सञ्चालकहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाउने तयारी गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ०० बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको