ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना « Khabarhub

ट्यांकरभित्र ‘फल्स चेम्बर’ बनाएर पेट्रोल चोरी, १५ लाख जरिवाना


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमको पेट्रोल ढुवानी गर्दै आएका २ वटा ट्यांकरमा अवैध रुपमा ‘फल्स चेम्बर’ (बाहिरबाट नदेखिने छुट्टै कोठा) बनाएर पेट्रोलियम पदार्थ चोरी भएको तथ्य सार्वजनिक भएको हो ।

‘फल्स चेम्बर’ जडान गरेर पेट्रोल चोरी भएको तथ्य खुलेपछि निगमले  २ वटा ट्याक्करलाई १५ लाख जरिवाना तिराउने भएको छ।

फल्स चेम्बर जडान गरिएका २०-२० हजार लिटर क्षमताका बिर वेताल आर्शिवाद कम्पनी प्रालिका ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरका दुई वटा ट्यांकरलाई निगमको प्रचलित नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए।

ती ट्यांकरले बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने बनाई वेल्डिङ्ग गरी फल्स चेम्बर जडान गरेका थिए।

डिपोमा कार्यरत कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा उक्ता ट्यांकरमा रहेको चेम्बरको स्वीकृत मापदण्ड विपरीत थप अर्को फल्स चेम्बर बनाई जडान गरिएको पाइएको थियो।

उनीहरुले नेपाल आयल निगम बागमती प्रादेशिक डिपोका लागि भारतको बरौनी रिफाइनरी डिपोबाट पेट्रोलको ढुवानी गर्दै आएका थिए ।

उक्त ‘फल्स चेम्बर’मा के कति मात्रामा पेट्रोल चोरी हुने गरेको रहेछ भनेर हेर्न गुणस्तर तथा नापतौल विभागलाई जिम्मा दिएको निगमले जनाएको छ ।

थप कारबाहीका लागि भने निगमले ट्यांकर र त्यसका सञ्चालकहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को जिम्मा लगाउने तयारी गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने