कोभिड कहर : हवाई यात्रु घटे « Khabarhub

कोभिड कहर : हवाई यात्रु घटे


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै मुलुकको हवाई क्षेत्रमा पनि उल्लेख्य असर परेको छ ।

अर्थतन्त्रका अन्य क्षेत्रमध्ये पर्यटन क्षेत्र शिथिल बन्यो । त्यसमा पनि हवाई क्षेत्रले नराम्ररी आर्थिक क्षति बेहेर्नुपरेको छ ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अघिल्लो वर्ष चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको सङ्क्रमण जोखिमका कारण विदेशी नेपाल आउने वातावरण भएन । अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि स्थगन भयो ।

भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । कोभिड महामारीकै कारण सन् २०२० मा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु सङ्ख्या घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विवरणमा सन् २०२० को नौ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको सङ्ख्या घटेको छ ।

सेप्टेम्बरसम्म यात्रु सङ्ख्या नौ लाख २७ हजार २०८ रहेको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशत बढि थियो ।

सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा ११.६९ प्रतिशतले वृद्धि भई कूल ४३ लाख ४२ हजार ४८६ यात्रु आवागमन भएको थियो । सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानतर्फ कूल ३८ लाख ८७ हजार ८४५ यात्रु आवागमन भएको क्यानले जनाएको छ । आन्तरिकतर्फ यस वर्षको सेप्टेम्बरसम्म यात्रु सङ्ख्या सात लाख ८७ हजार ४० रहेको छ ।

सन् २०१९ मा यात्रु आवागमन सङ्ख्या ३१ लाख ८८ हजार ४८७ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत हो । सन् २०१८ मा १.१६ प्रतिशतले वृद्धि भई २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको गरेको थियो । यस वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएकोमा कोभिडको महामारीका कारण हवाई तथा पर्यटन क्षेत्रमा उल्लेख्य असर परेको क्यानले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली र २७ विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकका ३२ गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् भने आन्तरिक उडानमा नौ फिक्सड विङ वायुसेवा र १० हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ०१ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा