अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ को मृत्यु | Khabarhub Khabarhub

अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ को मृत्यु


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताए।

कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।

गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो ।

घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ३६ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ