गैर स्काउटहरुको हाबी भएको भन्दै स्काउट संघर्ष समितिद्वारा प्रदर्शन (भिडियोसहित) « Khabarhub

गैर स्काउटहरुको हाबी भएको भन्दै स्काउट संघर्ष समितिद्वारा प्रदर्शन (भिडियोसहित)


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्काउटभित्र राजनीति हाबी भएको भन्दै‍ स्काउटकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल स्काउट सघर्ष समितिले लैनचौरस्थित स्काउट कार्यालयमा प्रदर्शन गरेको हो ।

स्काउटभित्र गैर स्काउटहरुको हावी भएको भन्दै स्काउटको शुद्धीकरण र सम्पती रक्षाका लागि विरोधमा उत्रनु परेको प्रदर्शनका सहभागीहरुले जनाएका छन् ।

स्काउटभित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यसविरुद्ध बाध्य भएर उत्रनु परेको संघर्ष समितिका संयोजक पुण्यराम गोथेले बताए ।

जिल्ला कमिटी खारेज भइरहेको अवस्थामा प्रदेश कमिटी गठन भएको तदर्थ समितिमा राजनैतिक दलका कार्यकर्ताहरुलाई राखिएको आरोप उनीहरुको छ ।

समितिले व्यक्तिगत पूर्वाग्रहबाट माथि उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटहरुलाई आह्वान गरेको छ ।

६ महिना भित्रमा स्काउटको निर्वाचन गराइसक्नु भनेर युवा तथा खेलकुद मन्त्रालय संयोजक लोकबहादुर भण्डारीलाई जिम्मेवारी दिएको भएपनि ऐन जारी भएको २१ महिनासम्ममा पनि निर्वाचन नगरेको आरोप संघर्ष समितिले लगाएको छ ।

समितिले बिभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका छन् ।

हेरौँ भिडियो

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ५९ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा