विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार « Khabarhub

विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको एक विद्यालयमा बम रहेको सूचना टाँसेर दुई जना फरार भएका छन् ।

राजपुर गाउँपालिका वडा नं. ३ स्थित शंकर माध्यमिक विद्यालयमा  उनीहरुले सूचना टासेर फरार भएका हुन ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

विद्यालयको हाताभित्र बम रहेको र बिष्फोट हुने समय समेत तोकिएको सूचना टाँस गरिएको पाइएको हुँदा अनसुन्धान थालिएको उनले बताए ।

विद्यालयमा सीसीटीभी फुटेज हेर्दा दुई जना व्यक्तिले पर्चा टाँस गरेको देखिएको प्रहरीले जनाएको छ ।

तर उनीहरु को हुन् भन्ने अहिलेसम्म केही खुलेको छैन । उनीहरुले किन पर्चा टासे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

पर्चा टास्नेहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पर्चा टासिएपछि खोजतलासमा जुटेको प्रहरीले विद्यालय हाताभित्र बम नभेटिएको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : २७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको