ग्यास गिजरमा नुहाउनेहरु सावधान ! « Khabarhub

ग्यास गिजरमा नुहाउनेहरु सावधान !


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पछिल्लो केहि दिन यता देशभर चिसो बढेको छ । चिसो बढेसंगै पानी पनि चिसो हुने गर्दछ ।

चिसो मौसममा सबैभन्दा गााहो मानिने काम मध्ये एक हो, नुहाउनु । त्यसैले धेरैले नुहाउनु अघि पानी तताउने गर्दछन् । नुहाउने पानी तताउने एक माध्यम हो, गिजर ।

सहज र सरल तरीकाबाट पानी तताउने माध्यम ग्यास गिजर धेरैको रोजाइमा पर्दछ । तर कतिपय अवस्थामा सही तरीकाले गिजरको प्रयोग गरीएन भने यसले समस्या पनि निम्त्याउछ । त्यसैले गिजरको प्रयोग गर्दा सावधानि अपनाउनु पर्दछ ।

यस्तो छ, गिजरमा नुहाउँदा हुने हानी

यदि सावधानि पुर्वक गिजर प्रयोग गर्न नसके ज्यान जानेसम्मको खतरा हुन्छ । ग्यासको माध्यमबाट प्रयोग हुने गिजरले ग्यास नै उत्पादन गर्दछ । यस प्रकारको ग्यासबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ ।

जो मानिसका लागी हानी पुर्याउने गर्दछ । सानो वा साघुरो बाथरुममा नुहाउँदा ढोका र भेन्टिलेसन बन्द गर्दा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्ने गर्दछ ।

यस्तोमा लामो समय बाथरुममा रहँदा केहि मानिस नुहाउँदा नुहाउँदै रीगंटा लागेर बेहोस पनि हुन सक्छन् । बेहोसीको कारण उनीहरु ढोका खोलेर बाहिर निस्कन सक्दैनन् । जसले बाथरुममा नै मानिसको मृत्यु समेत हुनसक्छ ।

त्यसैले नुहाउनु भन्दा पहिला बाथरुमको भेन्टिलटर वा कुनै न कुनै माध्यमबाट हावा निस्कन दिनुपर्छ । जतिसुकै जाडो भएपनि गिजर प्रयोग गर्दा हावा प्रवाह हुने माध्यम खुल्ला राख्न अनिवार्य हुन्छ ।

साथै नुहाउँन जाँदा परीवारका मानिसलाई आफु नुहाउन जान लागेको जानकारी गराउनु पर्छ । जसले धेरै समय बाथरुम रहँदा परीहालेमा उनिहरु सर्तक रहन सकुन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ११ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४