राष्ट्रपति कार्यालयपछि पर्यटन विभागले जारी गर्‍यो त्रुटीपूर्ण विज्ञप्ति, सामाजिक सञ्जालमा भाइरल « Khabarhub

राष्ट्रपति कार्यालयपछि पर्यटन विभागले जारी गर्‍यो त्रुटीपूर्ण विज्ञप्ति, सामाजिक सञ्जालमा भाइरल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता सरकारी कार्यालयले सार्वजनिक गरेका विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेका छन् । राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको विज्ञप्तिमा रहेको गल्ती सेलाउन नपाउँदै पुनः पर्यटन विभागको विज्ञप्ति भाइरल बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परी बेपत्ता भएका पदयात्री तथा पथप्रदर्शकका विषयमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति आइतबार जारी गर्‍यो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाद्वारा जारी विज्ञप्तिमा उनीहरुको खोजीका लागि मन्त्रालय र विभागको सक्रियता रहेको जनाए पनि उसले जारी गरेका विज्ञप्तिको मिति नै गलत उल्लेख छ ।

गत माघ ३ गते अन्नपूर्ण पदमार्गका क्रममा सो क्षेत्रमा हिम पहिरो गएको थियो । हिमपहिरमा परेर सात जना वेत्तपा भएको र उनीहरु अझै सम्पर्कविहीन रहेको जनाए पनि विभागले जारी गरको मिति भने माघ १० गते देखि हराइरहेका भन्ने व्यहोरा छ ।

माघ १० गते आउन अझै चार दिन बाँकी छ । तर, विभागले भने पछिको मितिमा  विज्ञप्ति जारी गरेपछि उक्त विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेको हो । विभागका कर्मचारीको कामलाई लिएर सामाजिक सञजालमा आलोचना भइरहेको छ ।

यस अघि राष्ट्रपति कार्यालयले पनि माघ ३ गते शुक्रबार जारी गरेको विज्ञप्तिमा माघ १० गते जापानी प्रतिनिधिसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शिष्टाचार भेटवार्ता गर्नुभएको भनेर उल्लेख गरेको थियो । उक्त विज्ञप्ति पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसो त यो साता सामाजिक सञ्जालमा विभिन्न काण्डहरुको चर्चा रह्यो । यो साता एमएमसी, सम्पादकको हृदय नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र आस्था राउत काण्डले राम्रै चर्चा पाए । आस्था पछि अब ‘बिज्ञप्ति काण्ड’ले सामाजिक सञ्जालमा माहोल तताएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ३५ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच