राष्ट्रपति कार्यालयपछि पर्यटन विभागले जारी गर्‍यो त्रुटीपूर्ण विज्ञप्ति, सामाजिक सञ्जालमा भाइरल « Khabarhub

राष्ट्रपति कार्यालयपछि पर्यटन विभागले जारी गर्‍यो त्रुटीपूर्ण विज्ञप्ति, सामाजिक सञ्जालमा भाइरल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता सरकारी कार्यालयले सार्वजनिक गरेका विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेका छन् । राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको विज्ञप्तिमा रहेको गल्ती सेलाउन नपाउँदै पुनः पर्यटन विभागको विज्ञप्ति भाइरल बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परी बेपत्ता भएका पदयात्री तथा पथप्रदर्शकका विषयमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति आइतबार जारी गर्‍यो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाद्वारा जारी विज्ञप्तिमा उनीहरुको खोजीका लागि मन्त्रालय र विभागको सक्रियता रहेको जनाए पनि उसले जारी गरेका विज्ञप्तिको मिति नै गलत उल्लेख छ ।

गत माघ ३ गते अन्नपूर्ण पदमार्गका क्रममा सो क्षेत्रमा हिम पहिरो गएको थियो । हिमपहिरमा परेर सात जना वेत्तपा भएको र उनीहरु अझै सम्पर्कविहीन रहेको जनाए पनि विभागले जारी गरको मिति भने माघ १० गते देखि हराइरहेका भन्ने व्यहोरा छ ।

माघ १० गते आउन अझै चार दिन बाँकी छ । तर, विभागले भने पछिको मितिमा  विज्ञप्ति जारी गरेपछि उक्त विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेको हो । विभागका कर्मचारीको कामलाई लिएर सामाजिक सञजालमा आलोचना भइरहेको छ ।

यस अघि राष्ट्रपति कार्यालयले पनि माघ ३ गते शुक्रबार जारी गरेको विज्ञप्तिमा माघ १० गते जापानी प्रतिनिधिसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शिष्टाचार भेटवार्ता गर्नुभएको भनेर उल्लेख गरेको थियो । उक्त विज्ञप्ति पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसो त यो साता सामाजिक सञ्जालमा विभिन्न काण्डहरुको चर्चा रह्यो । यो साता एमएमसी, सम्पादकको हृदय नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र आस्था राउत काण्डले राम्रै चर्चा पाए । आस्था पछि अब ‘बिज्ञप्ति काण्ड’ले सामाजिक सञ्जालमा माहोल तताएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ३५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ