मनाङ मर्स्याङ्दी क्लबलाई नेपाल आयल निगमको साथ | Khabarhub Khabarhub

मनाङ मर्स्याङ्दी क्लबलाई नेपाल आयल निगमको साथ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई नेपाल आयल निगमले टाइटल प्रायोजन गरेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै अब मनाङको नाम नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब भएको छ ।

नेपालको सबैभन्दा सफल क्लब मनाङसँग सम्झौता गर्न पाउँदा निगम खुसी रहेको निगमका स्वतन्त्र कर्मचारी संघका अध्यक्ष विकास बखातिले बताए ।

निगमले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर क्लबलाई प्रायोजन जानकारी दिएको छ। आयल निगमले १ बर्षका लागि सम्झौता गरेको छ।
आयल निगमले ३५ लाख क्लबलाई सहयोग गर्नेछ ।

आयल निगमले स्वर्णजयन्तीका अवसरमा मनाङसँग सम्झौता गरेको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए।

सहिद स्मारक ए डिभिजन लिगको जारि सिजनमा मनाङ ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा रहेको छ। मनाङले अहिलेसम्म ८ पटक ए डिभिजन लिगको उपाधि उचालेको छ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : १८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।