उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङफे भन्छिन्, अब यू–टर्न लिएर अगाडि बढ्छु « Khabarhub

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङफे भन्छिन्, अब यू–टर्न लिएर अगाडि बढ्छु


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिएकी शिबमाया तुम्बाहाङफेले अब कार्यक्षेत्र परिवर्तन गरेर अगाडि बढ्ने बताएकी छिन् ।

उपसभामुखबाट राजीनामा दिइसकेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै तुम्बाहाङफेले ५ वर्षे कार्यकाल भएको उपसभामुखबाट २ वर्षमै बाहिरिँदा पनि आफू खुसी भएको बताइन् ।

‘नयाँ अनभूत गर्दै छु । आज म खुसी छु,’ पत्रकार सम्मेलनमा तुम्बाहाङफेले भनिन्, ‘कुनै एउटा व्यक्ति एउटा पदमा सधैं बसिरहनु पर्छ भन्ने मेरो मान्यता हैन । बिगतमा राजनीति गर्दा एक–दुई ठाउँ बाहेक अन्यमा मैले एउटै ठाउँ बसेर काम गरिन् । मेरो कार्यवधि ५ वर्षको थियो, यद्यपि विशेष कारणले गर्दा समय २ वर्षको भयो ।’

उपसभामुखको रुपमा एउटै ठाउँमा ५ वर्ष खर्चिनु नपरेको परिस्थितिका कारण पदबाट राजीनामा दिँदा आफू खुसी भएको तुम्बाहाङफेको भनाइ छ ।

‘एउटा ठाउँमा, एउटा क्षेत्रमा मैले ५ वर्ष खर्चिनु परेन, यो विषयले पनि म आज खुसी छु, मेरो प्रगतिलाई यसले बाटो दिएको छ,’ तुम्बाहाङफेले भनिन्, ‘मैले आजदेखि उपसभामुख पद छाडिसके, राजीनामा दिइसके । मैले मेरो कार्यक्षेत्र परिवर्तन गर्दै छु । म यू–टर्न लिएर अगाडि बढ्दै छु ।’

उपसभामुखबाट राजीनामा दिएपछि आफूले गरेको अपेक्षा पूरा गर्नेतर्फ केन्द्रित हुने पनि तुम्बाहाङ्फेको भनाइ छ । ‘मलाई लाग्छ आजको दिनदेखि मैले जे अपेक्षा गरेको छु, त्यो अपेक्षा अनुसार कोशिष गर्ने छु, र मैले कोशिष गरेपछि म त्यो ठाउँमा पुगेरै छोड्छु,’ तुम्बाहाङफेले भनिन् ।

प्रतिनिधिसभामा रहँदा संविधान र कानूनानुसार गर्नुपर्ने धेरै काम गरेको पनि तुम्बाहाङ्फेले दाबी गरिन् ।

‘गत १४ गते सभामुखले राजीनामा दिइसके पछाडि सभामुख पद रिक्त रह्यो । सभामुख पद रिक्त भएपछि धेरै असहज भयो, असहजताका बाबजुत मैले काम गरेँ,’ तुम्बाहाङ्फेले भनिन्, ‘प्रतिनिधिसभाको सभामुख नहुँदा उपसभामुखले बैठकको अध्यक्षता गर्ने छ भन्ने संविधानको व्यवस्थामा टेकेर मैले काम गरेँ । काम गर्दा धेरै अवरोध थियो, तर मैले त्यसलाई अवरोधका रुपमा लिइनँ ।’

आफू प्रतिनिधिसभामो सभामुख भएका कारण आफू सम्बद्ध सत्तारुढ दल (नेपाल कम्युनिस्ट पार्टी)ले दिएको निर्देशन नमानेको पनि तुम्बाहाङफेको भनाइ थियो ।

‘म उपसभामुख प्रतिनिधिसभाको हो, दलको उपसभामुख हैन । प्रतिनिधिसभाको उपसभामुखको रुपमा यो संस्थाको संरक्षण गर्ने जिम्मेवारी मेरो भएकाले दलले दिएको निर्देशनलाई मानिन्’ तुम्बाहाङफेले भनिन् ।

तुम्बाहाङ्फे मुलुकमा अहिले पनि पितृसत्ता जरा गाडेर बसेको बताइन् । ‘हामीले राजसंस्था फाल्यौं । तर, पितृसत्ता फाल्न त्यसभन्दा पनि ठूलो शक्ति आवश्यक छ,’ तुम्बाहाङफेले भनिन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : २४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा