प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’ « Khabarhub

प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ गरिदिएको छ ।

अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा पार्किङ गरेका कारण प्रहरी गाडीलाई कारवाही गरिएको हो ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको महाशाखा प्रमुख भीम ढकालले बताए । उनले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : २६ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र