राष्ट्रिय सभामा सांसदहरुको प्रश्न: रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ? « Khabarhub

राष्ट्रिय सभामा सांसदहरुको प्रश्न: रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ?


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सदस्य (सांसद)हरुले  मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समयमा सांसदहरुले सरकारकै लगानीमा रहेका कतिपय उद्योग रुग्ण अवस्थामा रहेको भन्दै तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नन्दा चपाईंले उद्योग कलकारखानालाई आर्थिक विकासको मेरुदण्डका रूपमा मानिएको भए पनि पछिल्ला दिनमा धेरै उद्योग कलकारखाना रुग्ण अवस्थामा रहेकाले तत्काल ती उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘अहिले पनि कतिपय उद्योग बेवारिस अवस्थामा छन्, सरकारले तत्काल ती उद्योगलाई सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने ।

सरकारी लगानीमा खुलेका करोडौंको पूर्वाधारसहित स्थापना भएका दर्जनौं उद्योग अहिले पनि बन्द अवस्थामा छन् । वीरगञ्ज चिनी कारखाना, हेटौंडा कपडा, भृकृटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागोलगायत उद्योग लामो समयदेखि बन्द रहेका छन् । ती उद्योगको संरचना जीर्ण अवस्थामा छन् ।

सरकारले बन्द भएका तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने बताए पनि ती उद्योग पूर्ववत् अवस्थामा सञ्चालनमा आउन सकेका छैनन् । लामो समय बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेड केही समयअघि सञ्चालनमा आए पनि त्यसले पर्याप्त उत्पादन दिन सकेको छैन ।

नेकपाका हरिचरण शिवाकोटीले सुविधासम्पन्न पूर्वाधार निर्माण गरेर चिकित्सा शिक्षा अध्ययन गर्ने उद्देश्यले सञ्चालनमा आएका अस्पताललाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराए । ‘अत्याधुनिक सुविधा दिने गरी सरकारको अनुमति लिएर नै सञ्चालनमा आएका अस्पताललाई चिकित्सा शिक्षा अध्ययन गर्न किन अनुमति नदिने ?’ उनले प्रश्न गरे ।

नेकपाकै रामलखन चमारले भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सरकारले धार्मिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले जनकपुर, त्रिवेणीधाम, लुम्बिनीलगायत क्षेत्रलाई जोड्ने गरी पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय जनता पार्टीका रमेश यादवले पूर्वाधार निर्माणका नाममा नागरिकलाई विस्थापित गर्न नहुनेमा जोड दिँदै प्रभावित बासिन्दालाई उचित मुआब्जा र जग्गा उपलब्ध गराउन माग गरे ।

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले सरकारले सङ्घीयता कार्यान्वयनमा तदारुकता देखाउन नसकेको आरोप लगाइन् । सत्ता सञ्चालन गर्ने व्यक्तिमा देखिएको एकात्मक सोचमा परिवर्तन हुने नसकेको उनको भनाइ थियो ।

‘सङ्घीय व्यवस्थाप्रति प्रदेश सरकारले प्रश्न उठाउने अवस्था आएको छ, सङ्घ, प्रदेश तथा स्थानीय तहमा नेकपाको वर्चस्व भए पनि कामकारवाहीमा तालमेल भएको देखिएन,’ सांसद भट्टले भनिन् ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वेद व्यासको जन्मभूमिलाई विकास गरी पर्यटन प्रवर्द्धनमा लगाउनुपर्नेमा जोड दिए । व्यासको जन्मभूमि वैदिक दर्शन अध्ययनको केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : २२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते