कांग्रेस संसदीय दलका नेता शर्माको निधन « Khabarhub

कांग्रेस संसदीय दलका नेता शर्माको निधन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नम्बर ५ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

विगत १ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा दिउँसो साढे १ बजे निधन भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए ।

उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ३५ बजे

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्रीलाई भेट्न विप्लव नेतृत्वको नेकपाका नेताहरु बालुवाटारमा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र

साफ यू–२० महिला फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौँ- साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी

सुनचाँदी व्यवसायीको सरकारसँग आग्रह : बजारमा कच्चा सुनको अभाव छ, आपूर्ति सुधार गरिदिनुपर्यो

काठमाडौँ- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले

प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्छौं : मुख्यमन्त्री अधिकारी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान