च्यासललाई हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी « Khabarhub

च्यासललाई हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ औं जीत हात पारेको छ। च्यासल युवा क्लबविरुद्ध जीत हात पारेको आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ।

आर्मीका लागि स्टार स्टाइकर भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । च्यासल र आर्मीबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। तर, दोस्रो हाफमा आर्मीका लागि कप्तान खवासले गोल गर्दै च्यासलबिरुद्व १-० गोलको अग्रता बनाएका थिए।

योसँगै खवासको ए डिभिजन लिगमा ४७ औं  गोल भएको छ। खवासले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा रक्षात्मक बनेको च्यासलबिरुद्व आर्मीका नवयुग श्रेष्ठले ७३ औं मिनेटमा गोल गर्दै टीमलाई २-० गोलको अग्रता दिलाएका थिए।
खेलको ८४ औं मिनेटमा च्यासलका रक्षक छिरिङ गुरुङले आर्मीका सुमन अर्याललाई पेनाल्टी क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो।

पेनाल्टी प्रहार गर्न आएका सन्तोष तामाङले ८४ औं मिनेटमा आर्मीका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयमा आर्मीले पेनाल्टी पाएपनि नवयुग गोल गर्न चुकेका थिए ।

जीतसँगै आर्मी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने पराजित च्यासल ६ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

आर्मी लिगको शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा समान १३ अंक भएका मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब छन् भने चौथोमा ११ अंक बनाएको थ्री स्टार क्लब रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ०५ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको