युरोपियन प्रतिबन्ध लागेको सिटीसँग वेष्टहाम पराजित | Khabarhub Khabarhub

युरोपियन प्रतिबन्ध लागेको सिटीसँग वेष्टहाम पराजित


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन फुटबलमा २ वर्षको प्रतिबन्धमा रहेको म्यान्चेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिगमा जीत हात पारेको छ ।

सिटीले बुधबार राति वेष्टहाम युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिबन्धपछिको पहिलो जीत हात पारेको हो ।

सिटीको घरेलु मैदानमा उसका लागि रोड्रि र केभिन डि बार्यनले गोल गरेका हुन् । वेष्टहामविरुद्ध रोड्रिले खेलको ३० औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा सिटी १–० गोलले अगाडि थियो भने दोस्रो हाफमा डि बार्यनले ६२ औं मिनेटमा गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

वेष्टहामले गोल फर्काउन नसकेपछि बार्यनको उक्त गोल नै सिटीको जीतका लागि निर्णायक बनेको थियो ।

अघिल्लो सातामात्रै युरोपियन प्रतिबन्ध लागेको सिटीले प्रतिबन्ध छुटका लागि ‘कोर्ट अफ एव्रिभिएसन’ मा अपील गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ०४ बजे

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा