दोलखा भीमसेनमा पसिना, अनिष्ट हुने भन्दै बाजागाजासहित पूजा थालियो « Khabarhub

दोलखा भीमसेनमा पसिना, अनिष्ट हुने भन्दै बाजागाजासहित पूजा थालियो


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

भीमसेनको मुर्ति (शिला) मा बिहीवार(आज) विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको पत्रकार जीवनाथ शिवाकोटीले जनाएका छन् ।

पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ ।

भीमसेनको मुर्तिमा पसिना आएपछि पूजा गर्न सुरु गरिएको छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई खबर गरेका थिए । अहिले बाजागाजासहित मन्दिरमा पूजा गर्ने कार्य भइरहेको शिवाकोटीले जानकारी दिए ।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका– २ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो ।

शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

पसिनापछि अनिष्ट, वास्तविकता की संयोग ?

भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वास छ ।

भीमसेनमा मन्दिरमा पसिनामा आउँदै ठुला घट्ना घटेका पनि छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर घट्ना भने घटेका छन् ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो।

दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १० : ४६ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ