असान्जलाई माफी दिनेबारे ट्रम्पले गरेका थिए यस्तो प्रस्ताव « Khabarhub

असान्जलाई माफी दिनेबारे ट्रम्पले गरेका थिए यस्तो प्रस्ताव


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विकिलिक्सका संस्थापक जुलियन असान्जले डेमोक्र्याटिक पार्टीको इमेल रुसबाट प्राप्त नगरेको स्वीकार गरे माफी दिन सकिने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको खुलासा भएको छ ।

सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको इमेल असान्जले स्थापना गरेको विकिलिक्सले लिक गरेको थियो । र ती इमेल रुसबाट विकिलिक्सले प्राप्त गरेको आरोप लाग्दै आएको थियो ।

बेलायतको वेष्टमिनिष्टर अदालतमा भएको सुनुवाईका क्रममा असान्जका वकिलले साक्षीलाई उद्धृत गर्दै सन् २०१७ मा तत्कालिन अमेरिकी हाउस रिप्रजेन्टेटिभ डाना ररबकारले लण्डनस्थित इक्वेडोरको राजदूतावासमा रहेका असान्जसमक्ष ट्रम्पको यस्तो प्रस्ताव लिएर आएको खुलासा गरेका हुन् ।

असान्जले माफी पाउनका लागि सन् २०१६ मा चुहाएका इमेल रुसबाट प्राप्त नगरेको स्वीकार गर्नुपर्ने शर्त राखिएको जनाइएको छ ।

यद्यपि यस्तो आरोपको ह्वाइट हाउस र पूर्व हाउस रिप्रेजेन्टेटिभ ररबकारले अस्वीकार गरेका छन् ।

अमेरिकामा विभिन्न अभियोग लागेका असान्जालाई त्यसतर्फ सुपुर्दगी गर्ने विषयमा निर्णयका लागि बेलायतमा उनको सुनुवाई हुँदैछ ।
विकिलिक्सले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका बेला डेमोक्र्याटिक पार्टी र पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनको छवि बिगार्ने इमेल सार्वजनिक गरेपछि सनसनी मच्चिएको थियो ।

निर्वाचनमा इमेल चुहाएर रुसले डोनाल्ड ट्रम्पलाई जिताएको भनी अमेरिकी गुप्तचर निकायले निष्कर्ष निकालेका छन् । यद्यपि यसबारे विस्तृत अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयको विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले रुसले ट्रम्पलाई जिताएको भन्ने निष्कर्ष भने निकालेका थिएनन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ४ : ०० बजे

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

अत्तरिया– सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले

ओली क्याबिनेटका सदस्य पाण्डेले लिए जेन-जी आन्दोलनको नैतिक जिम्मेवारी, आगामी चुनावमा नउठ्ने

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी फागुन २१ गते

आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको

राष्ट्रपति भन्छन् : निर्वाचन गरेर देशलाई संकटबाट निकास दिनुपर्छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन निर्वाधरुपमा सम्पन्न गरी अहिलेको

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत

बर्लिन- अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा