कम्प्युटरमा कपी र पेस्ट पत्ता लगाउने टेज्लरको निधन « Khabarhub

कम्प्युटरमा कपी र पेस्ट पत्ता लगाउने टेज्लरको निधन


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कम्प्युटरमा प्रयोग गरिने कट, कपि, पेस्ट फाइन्ड, रिप्लेस लगायतको प्रवर्तन गर्ने कम्प्युटर वैज्ञानिकको निधन भएको छ ।

कम्प्युटरको अभिन्न अंग नै बनिसकेको कट, कपी, पेष्ट, फाइण्ड, रिप्लेसलगायतका कमाण्डको प्रवर्तन गर्ने वैज्ञानिक ल्यारी टेज्लरको ७४ वर्षको उमेरमा निधन भएको हो ।

व्यक्तिगत कम्प्युटरलाई सामान्य र प्रयोकर्ता मैत्री बनाउनका लागि उनले प्रवर्तन गरेका यस्ता कमाण्ड निकै महत्वपूर्ण मानिन्छन् ।

उनको जन्म सन् १९४५ मा न्यूयोर्क शहरको ब्रंक्समा भएको थियो । क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले अध्ययनपछि जेरोक्स कम्पनीमा शोधकर्ताको रुपमा काम गरेका थिए ।

पछि एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले उनलाई आफ्नो कम्पनीमा सामेल गराएका थिए । पछि उनी एप्पल कम्पनीमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरेका थिए ।

सन् १९८३ मा एप्पल कम्पनीको लिसा कम्प्युटर र त्यसपछिको वर्षमा सार्वजनिक म्याकिन्टोस कम्प्युटरमा सर्वप्रथम कट, कपि, पेष्ट प्रयोग गरिएको थियो ।

पछि उनले याहू र अमेजनमा पनि केही समय काम गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल