भारतमा शंकास्पद कार्गोसहित चिनियाँ पानी जहाज नियन्त्रणमा « Khabarhub

भारतमा शंकास्पद कार्गोसहित चिनियाँ पानी जहाज नियन्त्रणमा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् ।

भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

पानीजहाजमा क्षेप्यस्त्र निर्माणका लागि प्रयोग हुने अटोक्लेभ रहेको भएपनि त्यसमा ‘ड्रायर’ रहेको भनी झुक्याएर पाकिस्तानी शहर कराँचीमा रहेको कसिम बन्दरगाहतर्फ लैजानेक्रममा पानीजहाजलाई नियन्त्रणमा लिइएको हो । उक्त चिनियाँ पानीजहाज हङकङको ध्वजावाहक डा कुई युन नामक गरेको मर्चेन्ट भेसल रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यस पानीजहाज गत फेब्रुअरी ४ को रात भारतीय बन्दरगाह आइपुगेको थियो । सोमबार नियन्त्रणमा लिइएको पानीजहाजमा रहेको शंकास्पद कार्गो र कागजात समेत जफत गरिएको जनाइएको छ । भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेशनका अधिकारीले यसमा भएको कार्गोको परीक्षण गरिरहेका छन् ।

भारतीय बन्दरगाहबाट उम्कन लाग्दै गर्दा यसलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीजहाजलाई बन्दरगाह छाड्न अनुमति दिनका लागि बन्दरगाहका अधिकारीले नो अब्जेक्सन सर्टिफिकेट र अनवार्ड सेइलिङ मेमो समेत जारी गरिसकेका थिए । यद्यपि पानीजहाजमा शंकास्पद गतिविधि थाहा पाएपछि यसलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ५८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी