कोरोनाको त्रासले कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी « Khabarhub

कोरोनाको त्रासले कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ ।

न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए ।

जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने र उनीहरुबाट अरुमा सर्ने जोखिम बढी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकामा अहिलेसम्म १४ हजार २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यस्तै कोरोनाका कारण अमेरिकामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ ।

विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४५ हजार पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या १० हजार ४८ पुगेको छ ।

न्युर्योक सिटीका मेयर बिल डी ब्लासिओले रिहा गरिने कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन् ।

यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३५ बजे

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ