अमेरिकामा डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु « Khabarhub

अमेरिकामा डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी संक्रमणका रुपमा फैलिएको करोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको हो । हालसम्म अमेरिकामा १४ हजार ३ सय २१ जना संक्रमित भएका छन् ।

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ ।

न्युयोर्कमा थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या २२ पुगेको छ ।

यसैबीच न्युयोर्कको क्वीन्समा एकजना ७६ बर्षका पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ ।

अस्पतालले उनलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाएको थियो । टेओडोसियो टोरस नामका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

केही दिन अघि अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई घरमा आइसोलेसनमा बस्न फर्काइएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा