अमेरिकामा डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु « Khabarhub

अमेरिकामा डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी संक्रमणका रुपमा फैलिएको करोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको हो । हालसम्म अमेरिकामा १४ हजार ३ सय २१ जना संक्रमित भएका छन् ।

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ ।

न्युयोर्कमा थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या २२ पुगेको छ ।

यसैबीच न्युयोर्कको क्वीन्समा एकजना ७६ बर्षका पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ ।

अस्पतालले उनलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाएको थियो । टेओडोसियो टोरस नामका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

केही दिन अघि अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई घरमा आइसोलेसनमा बस्न फर्काइएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : ३९ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका