अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन आग्रह « Khabarhub

अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन आग्रह


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ।

सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेको छ ।

सामान्य प्रकारका बिरामीले अस्पतालमा भीडभाड हुँदा उपचारमा समस्या भएको बताइएको छ । कोरोनाको आशङ्कामा स्वस्थ व्यक्ति अस्पतालमा आउँदा झनै समस्या हुने भन्दै बिहीबार अस्पताल, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय तथा चिकित्सकको बैठक बसेर अनावश्यक भीड नगर्न सर्वसाधारणलाई आग्रह गरिएको अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिए।

बैठकले अस्पतालमा आवश्यक सावधानी अपनाउने, मेडिकल माक्स आपूर्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गर्ने, अस्पतालमा अनावश्य भीड हटाई बिरामीलाई मात्र परीक्षण गर्ने, सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र प्रदान गर्न स्थगन गरिनेलगायत निर्णय गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

“सामान्य नागरिक पनि कोरोना भयो भन्दै अस्पताल आउँदा झनै समस्या हुन थाल्यो”, उनले भने, “अस्पतालमा सामान्य नागरिकको भीड बढ्दा बिरामी छुट्याउनै समस्या भयो, भीडभाडले सङ्क्रमणमा झनै चुनौती छ ।”

अस्पतालबाटै सो भाइरसको सङ्क्रमण सर्न सक्ने जोखिम हुँदा अस्पताल जानुपर्ने अत्यावश्यक समयबाहेक अघिपछि अस्पताल नआउन चिकित्सकले सुझाएका छन् ।

अस्पतालका फिजिसिएन डा प्रदीप श्रेष्ठले नियमित औषधि प्रयोगकर्ता बिरामी घरमै बसेर औषधि सेवन गर्न, महिनौँदेखि रहँदै आएको समस्या समाधान लिएर अहिले अस्पताल नआउन, सामान्य दुखाइका कारण अस्पताल नआएर घरमै घरेलु उपचार गर्न, दाँतलगायत कस्मेटिक उपचारका लागि तत्कालका लागि अस्पताल नजान, ‘होलबडी’ परीक्षणका लागि अहिले अस्पताल नजान आग्रह गरे ।

सरकारले २५ जनाभन्दा धेरै समूहमा भीड नगर्न आग्रह गरेसँगै अस्पतालमा सजगता अपनाउन थालिएको हो । अत्यावश्यक बिरामीसमेत स्वास्थ्य परीक्षणका लागि अस्पताल आउँदा एकान्तमा बस्ने, माक्सको प्रयोग गर्न समेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

अस्पतालमा दैनिक करिब ४०० को हाराहारीमा बिरामीले स्वास्थ्य सेवा लिन आउने गरेका छन् । अस्पतालले भीडभाड कम गरी सङ्क्रमणबाट बच्न फराकिलो ठाउँमा बिरामी राखेर पालो प्रणालीमा उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । अत्यधिक बिरामीको चाप हुने सामान्य उपचारकक्षमा चिकित्सकलाई विभाजन गरेर फराकिलो ठाउँ बनाउने तयारी थालेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ५३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको