कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न ट्रम्पलाई डब्लूएचओको आग्रह « Khabarhub

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न ट्रम्पलाई डब्लूएचओको आग्रह


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वभर महामारी फैलिएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ ।

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दा यसले रंगभेदी सन्देश जानेभन्दै यसो नगर्न डब्लूएचओले ट्रम्पलाई आग्रह गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई यसअघि बेला बेला ‘चिनियाँ भाइरस’ भन्दै आएका थिए । कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनले भने ट्रम्पको भाषाप्रति आपत्ती जनाएको थियो ।

‘भाइरसले कुनै सीमा, जात, छालाको रंग वा तपाईंसँग बैंकमा कति पैसा छ भन्ने मतलब गर्दैन । त्यसैले हामीले भाषा र शब्द छनौट गर्दा ध्यान पुर्‍याउनुपर्छ ।’ विश्व स्वास्थ्य संगठन डब्लूएचओका आकस्मिक कार्यक्रमका निर्देशक डा. माइक रायनले भने ।

उनका अनुसार ट्रम्पको शब्द छनौटले एसियाली मूलका मािनसहरुविरुद्ध हिंसा भड्काउने खतरा छ ।

तर ट्रम्पले भने कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिनु रंगभेदी टिप्पणी नभएको दाबी गर्दै आएका छन् । उनका अनुसार चीनबाट उत्पत्ति भएका कारण यो भाइसरलाई चिनियाँ भाइरस भनिएको हो ।

तीन महिनाअघि चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १० हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने २ लाख ४४ हजार यसबाट संक्रमित छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ५५ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले