कनेक्ट आइपीएस ई–पेमेन्ट अब नि :शुल्क « Khabarhub

कनेक्ट आइपीएस ई–पेमेन्ट अब नि :शुल्क


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट÷मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस ई–पेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।

कनेक्ट आइपीएर ई–पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपीएस को फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।

थप जानकारीका लागि www.nchl.com.np jf www.connectips.com मा हेर्नुहोस ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ४९ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब