भारतका तीन स्थानमा वायुसेवा निगमको गर्दै आएको नियमित उडान स्थगित | Khabarhub Khabarhub

भारतका तीन स्थानमा वायुसेवा निगमको गर्दै आएको नियमित उडान स्थगित


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको छ ।

निगमले चैत ९ गतेदेखि लागू हुने गरी उडान स्थगित गरेको हो ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु चैत १६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

चैत ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम उपलब्ध गराइने निगमले जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : १५ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति