नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ « Khabarhub

नक्कली आर्मी बनेर ठगी गर्ने राउत पक्राउ


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- प्रहरीले नक्कली आर्मी बनेर लामो समयदेखि स्थानीयलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका वडा नं. ०८ बस्ने ४६ वर्षीय  राजकुमार राउतलाई  काँकरभिट्टाबाट पक्राउ गरेकाे हाे ।

उनले आफू नेपाली सेनाको मान्छे भएको र ब्यारेकमा मेसको काम गर्ने भन्दै  स्थानीय पसलेहरुलाई सस्तोमा सामान मिलाइदिने प्रलोभनमा ठगी  गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसलका संचालक डाक बहादुर राईलाई सामान सस्तोमा मिलाइदिने भन्दै एक लाख दुई हजार ठगी गरेका थिए ।

प्रहरीले टोलीले उनलाई काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनको साथबाट नगद ५४ हजार, सिम सहितको मोवाएल थान १ र सिमकार्ड थान १ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा उनले आफ्नो नाम समेत ढाटेर फरक-फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।

उनले झापाको चन्द्रगढी, चारआली,धुलावारी,बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौं स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौं मानिसहरुलाई झुक्याइ लाखौं रकम ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : २१ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री