कोरोना भाइरस : भारतमा ५५९ जनाको मृत्यु, १७ हजार ६ सय संक्रमित « Khabarhub

कोरोना भाइरस : भारतमा ५५९ जनाको मृत्यु, १७ हजार ६ सय संक्रमित


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो ।

भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २०२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित छ । जहाँ हालसम्म ५ हजार ११८ जनाले ज्यान गुमाएका छन् ।

त्यसपछि चीनमा ४ हजार ६३२, टर्कीमा २ हजार १७, इन्डोनेसियामा ५८२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्यामा एसियाली मुलुकमा भारत पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६