कोरोना नदेखिएपछि पैसा छरेर भाग्ने दुई महिलालाई छाडियो | Khabarhub Khabarhub

कोरोना नदेखिएपछि पैसा छरेर भाग्ने दुई महिलालाई छाडियो


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेपछि  शनिबार उनीहरु पक्राउ परेका थिए। 

पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शुक्रबार उनीहरुले जनकपुरको महावीर चोकमा पैसा छरेको सीसीटिभि फुटेजको आधारमा उनीहरुलाइ पक्राउ गरिएको थियो ।

नातामा भाउजु र नन्द पर्ने दुई मुस्लिम महिलाले पैसा छरेको र र्यापिड टेष्टमा समेत नतिजा पोजेटिभ आएपछि स्थानीय त्रसित बनेका थिए ।

तर पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि उनीहरुलाई छोडिएको छ । 

बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ०२ बजे

आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन २६ गते सोमबार फागुन

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ