कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी महिलाको संक्रमणका कारण ज्यान गएको छ ।

नेदरल्याण्ड बस्दै आएकी  ३९ वर्षीया लक्ष्मी भट्टचनको कोरोना संक्रमणबाट ज्यान गएको छ।

चिकित्सकको सल्लाह अनुसार भट्टचन एक महिनादेखि ‘होम क्वारेन्टाइन’मै बस्दै आएकी थिइन्‌।

तर संक्रमणले च्यापेपछि उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको मोना आइसीका वरिष्ठ उपाध्यक्ष भीम पूर्जाले जानकारी दिए। मृतक भट्टचनका श्रीमान, एक छोरा र एक छोरी छन्।

 हालसम्म कोरोना संक्रमणबाट विश्वरभर २८ नेपालीको मृत्यु भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ०१ बजे

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले