न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन कांग्रेसको माग « Khabarhub

न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन कांग्रेसको माग


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।

पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको भन्दै त्यसलाई तत्काल सुधार गरी न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन माग गरिएको हो ।

राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको सहभागितामा राहत वितरण गर्नुपर्ने भन्दै कांग्रेसले सामाजिक सङ्घ संस्थासहितको सर्वदलीय संयन्त्रमार्फत राहत वितरण गर्न माग गरेको छ ।

तथ्याङ्क सङ्कलन गरी राहत व्यवस्थित र पारदर्शी गर्नुपर्ने माग गर्दै काँग्रेसले राष्ट्रिय सङ्कटमा रहेका बेला सम्पूर्ण शक्ति र स्रोत कोरोनाविरुद्ध लगाउनुपर्ने समयमा भूमि समस्या समाधान आयोगमा नियुक्त गरिएकोप्रति पनि आपत्ति जनाएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि पार्टीले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ०७ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको