जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण « Khabarhub

जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिँजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा स्थापित कक्षमा स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

जिल्लाभर २६३ जना १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । हाल १३ पुरुष मात्र क्वारेन्टाइनमा रहेको र जिल्लाका ३३९ जनाको स्वाब पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बञ्जाडेले बताए ।

पाँच सय सवारीसाधन कारबाहीमा

लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ । मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।

सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

घरघरमा जनप्रतिनिधि

जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि कोराना भाइरसविरुद्ध सेवा प्रवाह गर्न घरदैलामा पुगेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ फैलिन नदिन सक्रिय नभई लकडाउनका कारण काम गर्न नपाएका मजदूर एवं न्यून आयस्रोत भएका स्थानीयबासीलाई र घरघरमै पुगेर राहत वितरण गर्ने गरेको हिमा गाउँपालिका वडा नं १ की नन्ददेवी सार्कीले बताउनुभयो ।
कोरोनाविरुद्ध वडाबासीलाई चेतना दिन वडाध्यक्षको नेतृत्वमा चार सदस्यीय टोली परिचालन गरिएको तिला १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ४७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको