फ्याक्ट चेक : अमेरिकामा गर्भवती नेपाली महिला कोरोनासँग लड्दै भ्रमभित्रको वास्तविकता  « Khabarhub

फ्याक्ट चेक : अमेरिकामा गर्भवती नेपाली महिला कोरोनासँग लड्दै भ्रमभित्रको वास्तविकता 


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व अहिले कोरोनाभाइरस महामारीकाे चपेटामा छ । यो कहालीलाग्दो अवस्थामा विभिन्न मिडियाहरु तथा सामाजिक सञ्जालमा अपवाह फैलाउने भ्रामक समाचारहरु प्रकाशित भइरहेका छन् ।

यसले स्वयं व्यक्तिलाई असर पर्छ नै । पाठकमाझ पनि यसले थप अन्योलता पैदा गराइदिएको छ । जसका कारण मानिसमा त्रासदीपूर्णको अवस्थामा बनेको छ ।

कोरोनाका कारण अहिले सबैभन्दा बढी संक्रमित मुलुकमा अमेरिका देखिएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु रहेका कारण त्यहाँको अवस्थाबारे नेपालीहरुलाई चासो र चिन्ता बढ्नु स्वभाविक हो ।

हालै अमेरिकामा एक नेपाली गर्भवती महिला कोरोना संक्रमणसँग लड्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो ।  अधिकांशले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

कतिपय मिडियाहरुले यसैलाई आधार मानेर समाचार समेत प्रकाशित गरे । धेरैले सामाजिक सञ्जालमा ती महिला गर्भवती भएको र उनका लागि प्राथना गर्न आग्रह गरे ।

तर बुझ्दै जाँदा ती महिला अमेरिकामा रहेकी नेपाली नरहेको पुष्टि भएको छ । त्यतिमात्र नभएर उक्त तस्वीर हालसालैको नभएको समेत प्रमाणित भएको छ ।

सन् २०१५ मा प्रकाशित समाचारहरुमा यो तस्वीर सिंगापुरको रहको र कवालजीत कौर नामकी ती महिला सिंगापुरमा काम गर्ने विदेशी घरेलु कामदार रहेको उल्लेख छ । यो तस्वीरसहितको समाचार त्यतीबेला पञ्जाब र सिंगापुरका केही अनलाइनले प्रकाशित गरेका थिए ।

बास्तविकता के हो यो समाचार हेर्नुस् । यो समाचार सन २०१५ मा प्रकाशित भएको थियो ।

मस्टसेयरन्यूज डटकमले ती महिलाको समाचार प्रकाशित गर्दै त्यो समयमा अस्पतालमा उपचार गराइरहेको अस्पतालको रिपोर्ट समेत सार्वजनिक गरेको थियो । अस्पतालकाे रिपोर्ट यस्तो छ-

यीनै महिलाकाे तस्वीर राखेर सन २०१५ मै एसिया समाचार डट कम अनलाइनले पनि अर्को समाचार प्रकाशित गरेको छ । जुन समाचार पढ्नको लागि उक्त समाचारको शीर्षकमा क्लिक गर्नुस्- Raising funds for Singapore maid in distress

कवालजीत कौर मस्तिष्कको धमनीमा आएको समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन् । त्यतीबेला यो तस्वीर पोष्ट गरेर फेसबुक पेज र क्राउड फण्डबाट रकम संकलन गरिएको थियो ।

ती महिला सिंपागुरको अस्पतालमा भर्ना भएको सन् २०१५ मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई सिंगापुरको चांगी अस्पतालमा भर्ना गरिएको थियो ।

वास्तविकता थाहा नपाएर हावा जता चल्छ उतै बतासिनेहरुले सामाजिक सञ्जाल फेसबुक तथा फेसबुक ग्रुपमा पोस्ट गरेका केही तस्वीर यस्ता छन् –

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ४७ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार