धुलिखेल नगरपालिका र अस्पतालले शुरु गरे कोरोनाभाइरस निगरानी प्रणाली « Khabarhub

धुलिखेल नगरपालिका र अस्पतालले शुरु गरे कोरोनाभाइरस निगरानी प्रणाली


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालले कोरोनाभाइरस (कोविड–१९) निगरानी प्रणाली शुरु गर्ने भएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस रोगका लक्षणलाई समयमा नै पहिचान गर्न उक्त प्रणाली उपयुक्त हुने विश्वास लिइएको छ । रोगपहिचान तथा एकान्तवासका साथै उपचारमा समे‍त यसको प्रयोगले फाइदा पुग्ने सरोकारवालहरुको विश्वास रहेको छ ।

आफूमा देखिएका लक्षणहरु कोरोना रोगको हो कि होइन भनेर छुट्याउन साथै संम्भावित संक्रमितहरुको निगरानी गर्न स्वास्थ्य तथा सूचना प्रविधिका क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त प्रयासमा विकास गरिएको नेपाल कोविड–१९ निगरानी प्रणालीलाई जिल्ला भरि लागू गर्ने तयारी गरिएको नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले जानकारी दिए ।

उक्त प्रणाली मार्फत लक्षणहरुका आधारमा कोरोना संक्रमणको स्वमूल्यांकन गर्न, स्वमुल्यांकन मार्फत सम्भावित लक्षण देखिएका व्यक्तिहरुलाई तुरुन्त चिकित्सकहरुले फोन सम्पर्क गरि आवश्यक परामर्श दिने, स्वमूल्यांकन तथा फोन परामर्श पश्चात रोगको सम्भावना उच्च देखिएका व्यक्तिहरुलाई एम्वुलेन्सको व्यवस्था गरि खकार तथा स्वाव परिक्षणका लागि तोकिएको अस्पताल लैजाने, भौगोलिक सूचना प्रणालीको माध्यमवाट सम्वन्धित निकायलाइ संक्रमण नियन्त्रणका लागि थप उपायहरु अवलम्वन गर्न सहयोग गर्नेछ ।

उक्त प्रणाली काठमाडौं महानगरपालिकामा पूर्ण रुपमा लागू भएको छ । यो प्रणालीलाई देशभर लागू गर्दा कोरोनाको संक्रमणलाइ घटाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

उक्त प्रणालीका बारेमा छलफल गर्न आयोजित भिडियो कन्फरेन्समा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, भुषणराज श्रेष्ठ, लोचन अमात्य, रमेश मर्हजन, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. आभा श्रेष्ठ, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त प्रणाली लागू गरी नागरिकहरुलाई उक्त लिंकमा सहभागि गराउन सकेको अवस्थामा महामारी नियन्त्रण गर्न उल्लेख्य सहयोग पुग्ने प्रणालीका निराजन पराजुलीले बताए । “नेपाल कोविड–१९ निगरानी प्रणाली“ आफ्नो मोवाइलमा डाउनलोड गरि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : १५ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन