उर्जा मन्त्री पुनले काठमाडौंबाट उद्धार गरेर रोल्पा पठाएका मजदुर होलेरिमा अलपत्र « Khabarhub

उर्जा मन्त्री पुनले काठमाडौंबाट उद्धार गरेर रोल्पा पठाएका मजदुर होलेरिमा अलपत्र


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एलबी मगर

रोल्पा- उर्जा मन्त्री वर्षमान पुनले काठमाडौंस्थित विभिन्न इट्टा भट्टाबाट उद्धार गरि रोल्पा पठाएका मजदूरहरु रोल्पाको होलेरी बजारमा अलपत्र परेका छन् ।

काठमाडौंबाट उद्धार गरि पठाइएको ६ बसमा रहेका करिब ५ सय मजदुरहरु बिहानै देखि रोल्पा सहिदमार्गको प्रवेशद्वार रुन्टिगढि गाउँ पालिकाको होलेरी बजारमा अलपत्र परेका छन् ।

काठमाडौंबाट उनीहरुलाई ल्याएका बसहरुले होलेरी भन्दा अगाडि जान नमाने पछि मजदुरहरु बीच बाटोमै अलपत्र परेका हुन् । ती बसहरुमा आएका मजदुरहरु रोल्पाको त्रिबेणी, माडी, परिवर्तन गाउँपालिका र पूर्वी रुकुमकासमेत रहेका छन ।

होलेरीबाट पूर्वी रुकुमसम्म पुग्न बसलाई करिब एकदिन लाग्छ ।

अलपत्र परेका मजदुरहरुलाई सम्बन्धित गाउँपालिकामा पठाउनका लागी गाउँपालिकाका अध्यक्षहरु सँग समन्वय भैरहेको भए पनि स्थानीय बजारमा बस नहुँदा समस्या परेको रुन्टिगढि गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताए ।

‘प्रयास जारी छ, सकेसम्म छिटोभन्दा छिटो मजदुरलाई गन्तव्य तर्फ पठाउने छौ’,उनले भने,’ अबको केहि दिनसम्म मजदुरहरु रोल्पा भित्रिनेको संख्यामा वृद्धि हुने भएकाले सहिदमार्ग सँग जोडिएका सबै स्थानीय तहहरुले आफ्ना मजदुरहरु उद्धार गर्नका लागि आवस्यक गाडीहरु तयारी अबस्थामा नराखे समस्या हुन्छ ।’

साथै सबै गाउँपालिकाहरु लाई बसहरु तयारी अबस्थामा राखी नियमित सम्पर्कमा रहन समेत अनुरोध गरे । केही दिन यता रोजगारीका लागी जिल्ला बाहिर गएका मजदुरहरु रोल्पाको सहिदमार्ग होलेरी नाका हुँदै दैनिक दुई सय भन्दा बढी मजदुरहरु जिल्ला भित्रीदै आएकोमा आजदेखि उक्त संख्यामा वृद्धि हुन थालेको होलेरी स्थित इलाका प्रहरी कार्यालयले बताएको छ ।

एक तथ्यांक अनुसार रोल्पाका करिब दश हजार भन्दा बढी मजदुरजरु काठमाडौं लगायतका इट्टा भट्टामा मजदुरिका लागि जाने गरेको बताइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ४७ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त