७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे « Khabarhub

७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले आफ्नै छोरीको हत्या गरेर आत्महत्या गरेको देखाउने बाबुलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया टोलका २९ वर्षीय संजय सर्राफ भनिने संयज कुमार साहले गत चैत ११ गते आफ्नी छोरी झुन्डिएको अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

७ वर्षीया छोरीले अंशुले आत्महत्या गर्न खाजेको भन्दै संजयले झुन्डिएको अवस्थामा फेला पारेर अस्पताल लैजान लगेको प्रहरीलाई सूचना दिएका थिए ।

केही छिनपछि उनले छोरीलाई वीरगन्जको नारायणी अस्पताल लैजान लगेकामा बाटोमै मृत्यु भएको अर्को सूचना प्रहरीलाई दिए ।

प्रहरी उनको घरमै पुग्यो । शवको पोस्टमार्टमका लागि नारायणी अस्पतालमै लगियो । पोस्टमार्टमका क्रममा बालिकाको मृत्यु भनिएको समयभन्दा निकै अगाडि भएको फेला पर्‍यो ।

त्यसपछि प्रहरीले बालिकाको हत्या हुन सक्ने आशंका गर्‍यो । अन्ततः बालिकाको हत्यामा बाबु संजयकै हात रहेको निष्कर्षसहित प्रहरीले वैशाख ४ गते उनलाई पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा संजयले छोरी अंशुको घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन् । हत्याको कसुरबाट बच्न मात्रै छोरीले आत्महत्या गरेको देखाउन खोजेको पनि उनले बयानमा बताएका छन् ।

तर, प्रहरीले हत्याको कारण भने खुलाएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : १८ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार