आस्था र समुदायको भावनामा असर पर्ने कार्य नगरौं : देउवा « Khabarhub

आस्था र समुदायको भावनामा असर पर्ने कार्य नगरौं : देउवा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न अपिल गरेका छन् ।

सभापति देउवाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सबै वर्ग जातजाति मिलेर कोरोनाको सामना गर्न अपिल गरेका छन् ।

देउवाले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु ।’

सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

देउवाले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्न माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : १८ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त