आस्था र समुदायको भावनामा असर पर्ने कार्य नगरौं : देउवा | Khabarhub Khabarhub

आस्था र समुदायको भावनामा असर पर्ने कार्य नगरौं : देउवा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न अपिल गरेका छन् ।

सभापति देउवाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सबै वर्ग जातजाति मिलेर कोरोनाको सामना गर्न अपिल गरेका छन् ।

देउवाले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु ।’

सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

देउवाले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्न माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : १८ बजे

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय