देशका विभिन्न शहरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै कर्णाली प्रदेश सरकार « Khabarhub

देशका विभिन्न शहरबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै कर्णाली प्रदेश सरकार


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– देशका विभिन्न भेगबाट उद्धार गरी ल्याइएका कर्णालीवासीलाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखिएको छ । प्रदेश सरकारको सहयोगमा सेनाको उत्तरपश्चिम पृतनाले व्यवस्थापन गरेको खुलामञ्चस्थित क्वारेन्टाइनमा थप ५९ जनालाई राखिएको हो ।

नयाँ सबुज दल गणका सेनानी दयाराम ढकालले क्वारेन्टाइन राखिएकाहरुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए । पहिलो चरणमा क्वारेन्टाइनमा बसेका १८८ जनाको कोभिड–१९ को नतिजा ‘नेगेटिभ’ आएपछि घर पठाइएको थियो ।

दोस्रो चरणमा काठमाडौं, नवलपुरलगायतका स्थानबाट उद्धार गरी ल्याइएकालाई यहाँ राखिएको हो । उनीहरु पैदल हिँडेर प्रदेश नं ५ र कर्णालीको सीमा बबईसम्म आइपुगेका थिए ।

कालीकोटका कलबहादुर खड्काले नवलपुरबाट पैदल हिँडेर बबईसम्म आइपुगेको बताउँदै भने, ‘काम गर्दासम्म ज्याला पाइयो, लकडाउनले कामै रोकियो, छाक टार्न समस्या भयो, त्यसपछि हिँडेरै घर फर्कियौँ ।’ कर्णाली भित्रिने मुख्य नाका बबईबाट दैनिक ५० जना नागरिक आउने गरेको प्रदेश सरकारले जनाएको छ ।

जुम्लाबाट चार दिन हिँडेर सुर्खेतका आइपुगेका बर्दिया र बुटवलका २२ जनालाई उद्धार गरी बबईसम्म पठाइएको छ । बर्दिया राजापुर नगरपालिका–८ का युवराज चौधरीले लकडाउन लम्बिँदा जुम्लामा खर्च चलाउने समस्या भएपछि हिँडेरै आउन बाध्य भएको बताउनुभयो । राजापुर नगरपालिकाले बबईबाट उद्धार गर्ने बताएको छ ।

राहत घरमै

वीरेन्द्रनगर नगरपालिकाले सोमबारदेखि दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । पहिलो चरणमा १५ हजार घरधुरीलाई राहत वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा छुटेका र अति विपन्न एवं बेखर्ची विद्यार्थी, मजदुरलाई प्राथमिकतामा राखेको छ ।

लकडाउनबाट अति प्रभावित परिवारलाई छाक टार्न समस्या भएमा आपत्कालीन केन्द्रको हटलाइन नम्बर १०१ मा फोन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले यस पटक सम्बन्धित व्यक्ति एवं परिवारको घरदैलोमै पुगेर राहत वितरण गर्न लागिएको बताइन् ।

राहत वितरणअघि नगरपालिकाको टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र सिफारिस गर्नेछ । कार्यवाहक नगर प्रमुख ढकालले बालमन्दिर आधारभूत विद्यालयमा पूर्व सावधानी गृह सञ्चालन गरेको जानकारी दिनुभयो । उक्त गृहमा हाल सातजनालाई राखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ४६ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त