पार्टी फुट्ने चर्चाका बीच नेकपाको सचिवालय बैठक बस्दै « Khabarhub

पार्टी फुट्ने चर्चाका बीच नेकपाको सचिवालय बैठक बस्दै


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले अपराह्न ५:३० बजे सचिवालय बैठक बोलाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पु¥याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकको उक्त निर्णयपछि नेकपामा हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै नेकपाकै केही नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

सोमबार मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको अलग्गै बैठक बसेको थियो । उर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बसेको थियो ।

बैठकपछि उर्जामन्त्री वर्षमान पुनसहित पूर्व माओवादीबाट सरकारमा सहभागी केही मन्त्रीहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : १३ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट