लकडाउनमा आफूलाई समीक्षा गर्ने मौका पाएको छु: दयाहाङ राई « Khabarhub

लकडाउनमा आफूलाई समीक्षा गर्ने मौका पाएको छु: दयाहाङ राई


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका नेपालमा गरिएको लकडाउनका कारण फिल्म उद्योग ठप्प छ । फिल्मका शूटिङ रोकिएका छन् भने हल पूरै बन्द छन् । कलाकारहरु कामविहीन भएका छन् ।

कतिले पुस्तक पढिरहेका छन् भने कति कलाकारले फिल्म हेरिरहेका छन् । कोही घरको काममा रमाइरहेका छन् ।

अभिनेता दयाहाङ राई पनि यतिबेला फुर्सदको समयमा घरमा समय दिइरहेका छन् । त्यसो त दयाहाङ साहित्यमा पनि उत्तिकै रुचि राख्छन् । उनी यो समयमा आफैले आफैलाई समीक्षा गरेको बताउँछन् ।

‘अरुबेला यसरी आफैलाई समीक्षा गर्ने फुर्सद हुँदनथ्यो, अहिले आफैले आफैलाई समीक्षा गर्न पाएको छु,’ दयाहाङ भन‍छन्, ‘भोलिको हाम्रो पुस्तालाई कोरोना महामारी कस्तो थियो भन्ने सुनाउने हामी पुस्ता त हो, एक हिसाबले यो अनुभव पनि हो ।’

उनले अहिलेसम्म गरेको काम र भोगेको समयको समीक्षा गरेको बताउँछन् । कोरोनाका बेला उनले एकअर्कालाई बुझ्नुपर्ने र कोरोनाबारे सचेत हुने तर डराउन नहुने उनको धारणा छ । ‘कोरोना महामारीलाई लिएर चिन्तित हुन आवश्यक छ तर त्रसित हुनु हुँदैन,’ उनी भन्छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ३३ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती