नेकपा सचिवालय बैठक बालुवाटारमा | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटारमा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा बोलाइएको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि मात्रै सचिवालय बैठक शुरु भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपराह्न ५ः३० बजे बोलाइएको सचिवालय बैठक आधा घण्टा ढिलो गरी ६ बजेतिर शुरु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकको उक्त निर्णयपछि नेकपामा हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै नेकपाकै केही नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १५ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय