पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णयपछि कांग्रेसले भन्यो- बेमौसमी बाजा नबजाऔं « Khabarhub

पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णयपछि कांग्रेसले भन्यो- बेमौसमी बाजा नबजाऔं


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको र नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण भएको र रहनुपर्ने उल्लेख गरेका छन् । उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।

सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ठाडो प्रस्तावमा अध्यादेश ल्याउने निर्णय भएको हो ।

अहिलेको राजनीतिकि दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा अहिले अध्ययादेश जारी गर्ने समय नभएको भन्दै केही मन्त्रीले भनेपनि प्रधानमन्त्रीले भने नेकपामा कुनै समस्या नभएको र नेकपा फुटाउनका लागि यो अध्यादेश नभएको प्रष्टिकरण दिएका थिए ।

मन्त्रिपरिषद् बैठक लगत्तै पूर्व माओवादी पक्षका मन्त्रीहरु नेकपा अध्यक्ष प्रचण्डलाई भेट गर्न र पछिल्लो अवस्थाबारे छलफल गर्न खुमलटार पुगेका थिए ।

मन्त्रिपरिषद् बैठकपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १६ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक