दाङमा पत्नीले हानेको चिर्पटले पतिको ज्यान गयो « Khabarhub

दाङमा पत्नीले हानेको चिर्पटले पतिको ज्यान गयो


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा पत्नीले हानेको चिर्पट लागेर घाइते भएका पतिको उपचारको क्रममा मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा पत्नी निशा अधिकारीले हानेको चिर्पट प्रहारबाट घाइते गुमानबहादुर अधिकारीको मृत्यु भएको हो।

प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ रातोपानी निवासी ४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै भारतबाट घर फर्किएका थिए।

उनकी ३५ वर्षीया पत्नी निशा दाङस्थित माइतीमा बस्दै आएको हुँदा गुमान पनि त्यहीँ गएका थिए।

वैशाख ४ गते दिउँसो गुमान मदिरा सेवन गरी घर आएपछि निशाले पतिमाथि टाउकोमा चिर्पटले प्रहार गरेकी थिइन्।

घाइते गुमानको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएकोमा उनको उपचारका क्रममा निधन भएको हो। पत्नी निशालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ३३ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५