वीरेन्द्रनगर नगरपालिकाले भन्यो- भोकै बस्नु परे १०१ मा फोन गर्नुहोस् « Khabarhub

वीरेन्द्रनगर नगरपालिकाले भन्यो- भोकै बस्नु परे १०१ मा फोन गर्नुहोस्


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ ।

लकडाउन(बन्दाबन्दी) का कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो ।

सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ । यस नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।

लकडाउनका कारण भोकै बस्न बाध्य विपन्न मजदूर तथा विद्यार्थीलाई मध्यनजर गरी उक्त हटलाइन नम्बरको व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।

‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्,’’ उनले भने, ‘‘राहत दिन मिल्ने नमिल्ने विषयमा उक्त टोलीले अनुगमन गरेपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था छ ।’’

पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालले बताए । उनका अनुसार त्यसैगरी अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पु¥याउने काम भएको छ ।

नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण फैलन नदिन औषधि छर्ने काम पनि गरिएको ढकालले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ४२ बजे

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा