सरकारले पारित गरेका दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी « Khabarhub

सरकारले पारित गरेका दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्ययादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारी सोमबार(आज) सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिले जारी गरेकी हुन् ।

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने र संवैधानिक निकायको गणपुरक सख्या घटाउने सम्बन्धि अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिकहाँ पठाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ४७ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति