सरकारले पारित गरेका दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी « Khabarhub

सरकारले पारित गरेका दुबै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा जारी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्ययादेश जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारी सोमबार(आज) सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिले जारी गरेकी हुन् ।

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने र संवैधानिक निकायको गणपुरक सख्या घटाउने सम्बन्धि अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिकहाँ पठाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ४७ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त