सञ्चार क्षेत्रलाई तत्काल राहत प्याकेज घोषणा गर्न माग « Khabarhub

सञ्चार क्षेत्रलाई तत्काल राहत प्याकेज घोषणा गर्न माग


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीको आज भएको डिजिटल कन्फरेन्स बैठकले कोभिड–१९ को सङ्क्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार सङ्कलनका क्रममा आफ्नो सुरक्षालाइ पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीमा आग्रह गरेको छ ।

क्वारेन्टाइन, आइसोलेसन वार्ड, सङ्क्रमण परिक्षण स्थलको संवदनशिलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि महासङ्घले आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।

वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले सङ्क्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासंघले जोड दिएको छ ।

कोरोनाको उच्च सङ्क्रमणका बीच सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न र सङ्कटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानको ध्यानार्कषण गराएको महासचिव विष्टले बताए ।  साथै महासङ्घले असंगठित मजदूर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकको समस्या सम्वोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ४३ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५