सल्यानमा ६७४ जनाको र्‍यापिड टेष्ट, एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ « Khabarhub

सल्यानमा ६७४ जनाको र्‍यापिड टेष्ट, एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा र्‍यापिड टाइग्नोष्टिक विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ ।

आरडिटी बिधिबाट सोमबार श्रीनगरमा परीक्षण गरिदा एक युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिए ।

आरडीटी रिपोर्ट पोजेटिभ देखिएका युवाको मंगलबार स्वाव संकलन गरेर कर्णालीस्थित सुर्खेतको प्रयोगशालामा पठाइने बुढाले बताए ।

शारदा नगरपालिका १ चैबाङजिउलाका ती युवा गत चैत ५ गते युएईबाट नेपाल आएका थिए । उनलाई अहिले जिल्ला अस्पताल सल्यानको आइसुलेसनमा राखिएको छ ।

उनको परिवारलाई पनि अस्पतालमा ल्याएर र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्न लागेको प्रमुख बुढाले बताए ।सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएका अरु ६ सय ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : १९ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त