दैलेखका कोरोना संक्रमित व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर आएको खुल्यो | Khabarhub Khabarhub

दैलेखका कोरोना संक्रमित व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर आएको खुल्यो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ ।

दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि बैसाख ३० गतेसम्म भारतको टनकपुरस्थित एमडीएम बोर्डिङ स्कुलको क्वारेन्टाइन बसेको बताएका छन् । पहिलो कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा चेकजाँचको दायरा बढाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी हालसम्म कर्णालीका ३ हजार ३ सय भन्दा बढीको पीसीआर चोक जाँच गरिएको बताइन् । भारतबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

समुदायमा नफैलियोस भनेर ति सङ्क्रमित व्यक्तिलाई क्वारेन्टाइनबाट अलग्याएर दैलेख अस्पतालको आइसोलेशन कक्षमा राखिएको निर्देशक जोशीले बताइन् ।

घरको खेतबारीमा उब्जनी हुने अनाजले तीन महिना पनि खान नपुग्ने भएपछि कमाईको लागि भारतको कालापार जानुको विकल्प नभएको दैलेखका संक्रमितले बताए ।

यसपाली २० दिन काम गरेर कमाएको ४-५ हजार रुपैयाँ बाटोमै सकिएको समेत उनले बताए । गत बर्षको फागुन १६ गते कामको खोजीमा भारतको आग्रा गएका उनले त्यहाँ २० दिनसम्म आलु भण्डारमा काम गरेका थिए ।

काम सकिएपछि लकडाउनकै बीच उनीसहित ५१ जना मजदुरलाई ठेकेदारले आलु बोक्ने ट्रयाक्टरमा राखेर बनबासा भन्दा ३० किलोमिटर टाढा ल्याएर छाडिदिएको थियो ।

उनीहरु मध्ये ४७ जना दैलेखको आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिकाका तथा ४ जना बर्दियाका थिए ।

पैदल हिँडेर चैत्र १८ गते नेपाल भारत सीमा बनबासा पुगेपछि भारतीय प्रहरीले उनीसहित ६० जनालाई टनकपुरस्थित एमडीएम स्कुल र ७४ जना नेपालीलाई बनबासको शारदा इन्टर कलेजमा राखेको थियो ।

भारतको क्वारेन्टाइनमा बस्दा ज्वरो नाप्ने बाहेक अरू कुनै पनि किसिमको स्वास्थ्य परीक्षण नगरिएको उनले बताए ।

क्वारेन्टाइनमा बसिरहेका उनको शनिवार दैलेखका स्वास्थ्यकर्मीले स्वावको नमुना प्रदेश अस्पताल पठाएका थिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि पुन: परीक्षणका लागि सोमवार नमुना नेपालगञ्ज पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालगञ्जमा पुन:परीक्षण गर्दा ३५ बर्षका उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीसहित ३९ जनालाई महेन्द्रनगरबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको आठबीस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्ययायले बताए ।

टनकपुरबाट गड्डाचौकी पुगेपछि झण्डै २५० जनालाई टिपरमा राखेर महेन्द्रनगरको बैद्यनाथ माध्यामिक विद्यालयमा ल्याएर एक दिन राखेको र अर्कोदिन त्यहाँबाट उद्धार गरिएको थियो ।

महेन्द्रनगर पुगेपछि मात्रै आफुहरूको पहिलो पटक र्यापिड टेस्ट गरिएको समेत उनले बताए । भारतमा क्वारेन्टाइनमा बस्दा कसैसँग सम्पर्क नभए पनि महेन्द्रनगर आउने वित्तिकै एकै पटक धेरैजनासँग घुलमिल हुन पुगेको उनले उनले बताएका छन्।

महेन्द्रनगरमा दैलेखसहित बैतडी, कैलाली, दाङ, सल्यानका मजदुरहरुसँग घुलमिल भएको उनले बताए ।

अहिले दैलेखको क्वारेन्टाइनको एउटा कोठमा ८ जना बसिरहेका छन् । क्वारेन्टाइनमा एक मिटरको दुरी बनाएर सुत्ने व्यवस्था मिलाइएको छ ।

एउटै ठाउँमा बसेका ३९ जनाको पीसीआर चेकगर्दा उनमा मात्र पोजिटिभ देखिएको प्रदेश निर्देशनालयले जनाएको छ । अहिले उनीसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि निर्देशनालयको भनाइ छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ०३ बजे

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला